राजदूत पाण्डेले बुझाए मलेसियाका राजा अगोङसमक्ष ओहोदाको प्रमाणपत्र

राजदूत पाण्डेले बुझाए मलेसियाका राजा अगोङसमक्ष ओहोदाको प्रमाणपत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले विहीबार मलेसियाका राजा याङ दि–परतुयान अगोङ १६औं, अल–सुल्तान अब्दुल्ला रिया–यातुद्दीन अल–मुस्तफा विल्लाह शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

मलेसियाका राजाको दरवार इस्ताना नेगारामा आयोजित विशेष समारोहमा नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट राजाको व्यक्तिगत सुख–सुस्वास्थ्यका साथै मलेसियाली जनताको निरन्तर प्रगति र समृद्धिको कामना गरेका थिए।

ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै भएको शिष्टाचार भेटमा राजदूत पाण्डेले आफ्नो कार्यकालमा नेपाल र मलेशियाबीच रहेको मैत्रिपूर्ण सम्बन्धलाई थप मजबुत बनाउन प्रयत्न गर्ने बताएका थिए।

मलेशियामा ठूलो संख्यामा रहेका नेपाली श्रमिकहरुको उपस्थिति र दुबैतर्फका पर्यटकहरुको बढ्दो आवतजावतले दुई देशलाई जनस्तरमा जोड्न महत्त्वपूर्ण भूमिका खेलेको पनि उनले स्मरण गराए।

नेपालमा पछिल्लो समय भएका ऐतिहासिक राजनीतिक परिवर्तन पछि प्राप्त राजनीतिक स्थिरतासँगै नेपाल पूर्ण रुपमा आर्थिक समृद्धि र विकासमा केन्द्रित भएको जानकारी पनि उनले गराए।

राजा अयोङले ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राजदूत पाण्डेको सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै राजदूत पाण्डेमार्फत नेपालका राष्ट्रपति र नेपाली जनताको सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।