आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य घटाएन

आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य घटाएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगम (आईओसी) ले पठाएको सूचीअनुसार इन्धनमा अप्रिल १ देखि १५ सम्म करिब ४२ करोड रुपैयाँ नाफा छ ।

जसअनुसार दैनिक २ करोड ८० लाख रुपैयाँ नाफा हुन्छ । यति धेरै नाफा हुँदासमेत निगम आफैँले बनाएको स्वाचालित मूल्य प्रणाली कार्यविधिअनुसार मूल्य समायोजन गरिएको छैन ।

कार्यविधिअनुसार आईओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सोहीअनुसार निगमले मूल्य समायोजन गर्नुपर्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।