काठमाडौं उपत्यकाका यि रुटमा सैनिक बोक्न नेपाली सेनाले ल्यायो आफ्नै बस सञ्चालनमा

काठमाडौं उपत्यकाका यि रुटमा सैनिक बोक्न नेपाली सेनाले ल्यायो आफ्नै बस सञ्चालनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सैनिक मुख्यालय जंगी अड्डामा कार्यरत सैनिकलाई आफ्नो बासस्थानदेखि कार्यालयसम्म आउन जान नेपाली सेनाले बस सञ्चालन गरेको छ।

जंगी अड्डामा कार्यरत प्रमुख सेनानीदेखि अन्य दर्जालाई आफ्नो वासस्थानदेखि कार्यालयसम्म आउन जान काठमाडौं उपत्यकाभित्र सटल बस सञ्चालन गरेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

उपत्यकाभित्र विभिन्न १४ वटा रुटहरुमा २ गतेदेखि हरेक दिन बिदाको दिन बाहेक ८ बजे प्रत्येक रुटको अन्तिम गन्तव्यबाट सटल बस छुट्ने व्यवस्था मिलाइएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाइको छ । सटल बसहरु प्रयोग गर्ने स्टाफहरुसँग अनिवार्यरुपमा सैनिक परिचय–पत्र भने साथमा हुनुपर्नेछ।

नेपाली सेनाका बस गुड्ने रुटः