प्रधानमन्त्री भन्छन्, ‘गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ पनि’

प्रधानमन्त्री भन्छन्, ‘गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ पनि’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकमा पानीजहाज चलाउने सपना आफूले देखेकाले छिट्टै पूरा हुने बताएका छन् । शनिवार कावासोतीमा नवलपुर जिल्लाको नमुना सदरमुकाम शिलान्यास कार्यक्रममा उनले गण्डकमा पानीजहाज जसरी पनि चलाउने बताएका हुन् ।

‘तपाईंहरु कसैले माग गर्नुभएको थिएन गण्डकमा पानीजहाज चलाउनुपर्छ भनेर मैले भन्या हो । गण्डकमा पानीजहाज चलाइन्छ र चल्छ,’ ओलीले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।