खुलामञ्चमा डाेजर चलाइएपछि कांग्रेस नेताले गरे प्रधानमन्त्रीकाे प्रशंसा

खुलामञ्चमा डाेजर चलाइएपछि कांग्रेस नेताले गरे प्रधानमन्त्रीकाे प्रशंसा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले  खुल्लामञ्चका सटर हटाइएकोमा  प्रधानमन्त्री  केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

प्रधानमन्त्रीकाे निर्देशनमा शनिबार काठमाडाैं महानगरपालिकाले ४३ वटा सटर डाेजर लगाएर भत्काएकाे थियाे। त्यसलगत्तै काठमाडाैंमा भएकाे एउटा साक्षात्कारमा नेता प्रधानले प्रधानमन्त्रीकाे प्रशंसा गरे।

वैशाखभित्रमा टुँडिखेलको अतिक्रमित जग्गा खालि नभएको भए आफूहरुले जेठ १५ गतेदेखि सशक्त आन्दोलन गर्ने योजना बुनिसकेको पनि प्रधानले स्मरण गराए । यद्धपी प्रधानमन्त्री ओलीले तत्कालै निर्देशन दिएर खुल्लामञ्चका सटर भत्काउन लगाएको भन्दै उनले प्रधानमन्त्री ओलीलाई पुनः धन्यवाद दिए ।

प्रदेश नम्बर ३ का सांसद विराजभक्त श्रेष्ठले खुल्लामञ्चका सटर हटाउन सफल भएको भन्दै सबैमा धन्यवाद दिए । उनले भने,‘सार्वजनिक सम्पत्ति लुटिनु भनेको हामी ३ करोड नेपाली जनता लुटिनु हो । खुल्लामञ्चका सटर हटाउन नै हाम्रो जीत होईन् । यो त सानो उपलब्धिमात्रै हो ।’ उक्त प्रकरणमा ठगिएकाहरुले विधिवत रुपमा उजुरी जाहेर गरे आफूहरुले उनीहरुलाई न्याय दिलाउने उनको विश्वास थियो ।

कार्यक्रममा सेभ भ्याली नेपालका अध्यक्ष राजाराम तण्डुकार, खुल्लामञ्च बचाउ अभियानका संयोजक सुसन बैद्य, काठमाडौं–२८ नम्बर वडाका वडाअध्यक्ष भाईराम खड्गी र सम्पदा बचाउ अभियान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठले खुल्लामञ्चका सटर हटाउनको लागि मिडियाको ठूलो भूमिका रहेको भन्दै धन्यवाद दिए । उनीहरुले मिडियाले माफियाहरुकोविरुद्ध आवाज निकालेको धारणा राखेका थिए ।