काठमाडौं – सत्तारुढ नेकपा निकट अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त रुपमा ३४ औं सहिद मित्रमणी आचार्य दिवस मनाएका छन् । नेपालका सवै वामपन्थी विद्यार्थी संगठनहरुले वैशाख १८ गतेलाई मित्रमणी दिवसको रुपमा मनाउँदै आएका छन् ।
वि।स।२०४२ साल वैशाख १८ गते चितवनमा सहिद मित्रमणीको हत्या भएको थियोे । तत्कालीन अनेरास्ववियूका केन्द्रीय सदस्य र रामपुर कृषि क्याम्पसका स्ववियु सभापति समेत रहेका आचार्य लोकप्रिय विद्यार्थी नेता थिए ।
आज राजधानीमा आयोजित स्मृति सभामा नेकपाका ३ नं .प्रदेश अध्यक्ष नारायण दाहालले मित्रमणी लगायतका सवै सहिदका सपना पूरा गर्नु नै उहाँहरुप्रति सच्चा श्रद्धाञ्जली हुने वताए ।
कार्यक्रममा अखिल (क्रान्तिकारी) का पुर्व अध्यक्ष रमेश मल्ल , अखिल९क्रान्तिकारी ० का अध्यक्ष रञ्जित तामाङ , अनेरास्ववियु उपाध्यक्ष शैलेश लामा लगायतले आचार्यको जीवनका विविध पक्षको चर्चा गरेका थिए।




प्रतिक्रिया