काठमाडौं – गोरखामा केटी जिस्क्याएको निहुँमा बुधबार बेहुली र जन्ती पक्षबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ । भने सोहि विषयलाई लिएर सोही विषयलाई लिएर इलाका प्रहरी कार्यालय ठाँटी पोखरीमा अल्काटारका स्थानीयहरूले ढुंगामुढा प्रहार गरेका छन्।
स्थिति सामान्य बनाउन प्रहरीले सातसेल अश्रुग्याससमेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। कुटपिटबाट घाइते जन्ती अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमाल गम्भीर घाइते भएका थिए। घाइते कुमाललाई उपचारका लागि पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। गोरखाको पालुङटार(४ कुमाल गाउँ आएका जन्ती युवाहरूले केटी जिस्क्याएको आरोपमा कुटाकुट भएको थियो ।




प्रतिक्रिया