चिनियाँ राष्ट्रपति सी जिनफिङले उपयुक्त समयमा नेपालको भ्रमण गर्नुहुन्छ :परराष्ट्रमन्त्री ज्ञवाली

चिनियाँ राष्ट्रपति सी जिनफिङले उपयुक्त समयमा नेपालको भ्रमण गर्नुहुन्छ :परराष्ट्रमन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीनका राष्ट्रपति सी जिनफिङले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताएका छन् । चीनको दश दिने औपचारिक भ्रमणपछि बिहीबार स्वदेश फर्किएका मन्त्री ज्ञवालीले मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रपति सीले नेपाल भ्रमण गर्न चाहेको समेत बताए।

मन्त्री ज्ञवालीले भने, ‘हामीलाई विश्वास छ उहाँले छिट्टै नेपालको भ्रमण गर्नुहुनेछ।’ यसअघि पनि राष्ट्रपति सीले नेपाल भ्रमण गर्न भनिए पनि अन्तिम समयमा आएर रोकिएकोबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले अधिल्लो पटक सरकार ढलेका कारण रोकिएको र यो पटक त्यस्तो नहुने बताए।

‘अघिल्लो पटक भ्रमण हुने भन्ने समयअगावै हाम्रो सरकार ढल्यो’, उनले भने, ‘यो पटक त्यस्तो हुँदैन।’ मन्त्री ज्ञवालीले चीन भ्रमण सफल र फलदायी भएको बताए। चिनियाँ राष्ट्रपतिको निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारीसहित मनत्री ज्ञवालीको टोली १० दिनअघि चीन पुगेको थियो।