एसएसपी विश्वराजको डीआईजीमा बढुवा सिफारिस

एसएसपी विश्वराजको डीआईजीमा बढुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— नेपाल प्रहरीका एसएसपी विश्वराज पोखरेल डीआईजीमा बढुवाका लागि सिफारिसमा परेका छन्।

गृह मन्त्रालय, बढुवा समितिको बिहीबारको बैठकले रिक्त रहेको एउटा डीआईजी पदका लागि पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो ।

पोखरेल लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत् छन्, उनी त्यसअघि काठमाडौं प्रहरी परिसरको प्रमुखको रुपमा थिए।

दोस्रो संविधानसभा चुनावताका एसपी रहेका उनी जिल्ला प्रहरी कार्यालय, मोरङको नेतृत्वमा थिए।