-विमल धामी
कञ्चनपुर – कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा ७ दिने आधाभुत तालिम शुरु भएको छ । बेलडाँडी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा महिलाहरुका लागि आधारभूत तालिम आयोजना गरेको महिला तथा बालबालिका शाखा की प्रमुख कमला जोशीले जानकारी गराए ।
उनका अनुुसार छरिएर रहेका महिलाहरुलाई समूहकरण गराई, समूह समितिमा आवद्ध गराई, समूह समितिमा बसेर कसरी कार्य गर्ने, कस्तो व्यावहार गर्ने ? कसरी महिला विकास समूह समिति परिचालन गर्ने ? ऋण लगानी कसरी गर्ने ? समितिमा मिलेर कसरी बस्ने ? सामुदायिक क्रियाकलाप कसरी गर्ने ? आफ्नो विकासका साथ साथै महिलाको विकास कसरी गर्न सकिन्छ ? घरेलु हिंसा, लैङ्गिक हिंसालाई अन्त्य गर्नमा हामी महिलाको भुमिका के भन्ने कुराहरु सहभागिहरुलाई सिकाई शसक्तिकरण गर्ने मुख्य उदेश्य रहेका बताए ।
बेलडाँडी गाउँपालिका वडा नंं. १ का वडाध्यक्ष अमर बहादुर खत्रीले महिला हक हितका लागि सबैले जागरुकका साथै घर देखि जीवन शैली हुदै समाजलाई सुर्धानु पर्ने बताए । यो तालिमको भरपुर्ण फाईदा सहभागिहरुले लिर्नुपर्नेमा जोड दिए ।

वडा नं. ५ का अध्यक्ष तथा बेलडाँडी गाउँपालिका सामाजिक विकास समितिका संयोजक कृष्ण बहादुर रोकायाले भने यो गाउँपालिकामा जनप्रतिनिधी आउनु भन्दा पहिला महिलाको नामले पुरानै जान्ने सुन्ने महिला मात्र सबै सुविधा पाउने गरेको जनप्रतिनिधी आए यता यस्तो कार्य घटाएको दावी गर्दै यो तालिममा पनि धेरै नयाँ अनुहारलाई सहभागी गराइएको बताए । उनका अनुसार सबैलाई समूह भित्र ल्याउनु पर्ने भन्दै सबै महिलालाई शसक्तिकरण बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा बेलडाँडी गाउँपालिका अध्यक्ष धन बहादुर थापाका अनुसार विकास भनेको ग्रावेल, पुल, भवन आदी मात्र बनाएर हुदैन, मानविय विकास पनि संगसंगै हुनुपर्छ । यो आधारभूत तालिमले सिकेको सीप ब्यावहारमा उर्तानुका साथै सफलताको शुभकामना समेत ब्यक्त गरे ।
उक्त आधारभूत तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो । सहभागि महिलाहरुले भने यो तालिमले आफुहरुको जीवन ब्यावहारमा सकारात्मक परिर्वतन आउनेमा विश्वस्त रहेको बताए । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुनुपर्ने उनीहरुको माग रहेको थियो ।




प्रतिक्रिया