प्रदेश १ को राजधानी विराटनगरमा

प्रदेश १ को राजधानी विराटनगरमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर—सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले प्रदेश १ को स्थायी राजधानी विराटनगरमा कायम गर्ने गरी प्रदेश सभामा प्रस्ताव दर्ता गराएको छ।

संसदीय दलको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता हिक्मत कार्कीले राजधानी विराटनगर रहने तथा कार्यपालिका, व्यवस्थापिका लगायतका संरचना इटहरी र सुन्दरहरैचा आसपास निर्माण गर्ने निर्णय भएको बताए।

प्रदेशको स्थायी राजधानीबारे प्रदेशसभामा चार वटा प्रस्ताव दर्ता भएका छन्, जसमा धनकुटा र विराटनगर प्रदेश राजधानी हुनुपर्ने उल्लेख छ ।

प्रदेशको स्थायी राजधानी प्रदेशसभाको दुई तिहाइ बहुमतले टुंगो लगाउने संवैधानिक व्यवस्था छ । नाम अझै टुंगिएको छैन।
देश १ मा नेकपाको दुई तिहाइ बहुमत छ ।