काठमाडौं – डा.बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच आज प्रज्ञा भवन कमलादीमा एकता सभा भइरहेको छ । यो एकतासँगै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको आफैंले नयाँ शक्ति बनाउने तीन वर्ष लामो अभियान पनि सकिएको छ।
मधेस आन्दोलबाट उठेको संघीय समाजवादी फोरम नेपाल र तत्कालीन माओवादीबाट छुटेर बनेको नयाँ शक्ति नेपालको एकतापछि समाजवादी पार्टी नेपाल बन्दैछ । वैकल्पिक शक्ति बन्ने अभियानमा रहेका डा. बाबुराम र तराई मधेसको पहिलो शक्ति बन्ने अभियानमा रहेको फोरमबीचको एकतापछि पार्टी देशभर फैलिने विश्वास दुवै पक्षले लिएका छन् ।




प्रतिक्रिया