प्रधानमन्त्रीको उद्घोष: देशलाई अग्रगामी बाटोमा लैजान बहस गरौँ

प्रधानमन्त्रीको उद्घोष: देशलाई अग्रगामी बाटोमा लैजान बहस गरौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन्। गणतन्त्र दिवस मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवश बनाउनु पर्ने बताए। ‘यस दिवसलाई गाउँगाउँ र घरघमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ,’ उनले भने, ‘यो जनताको दिवस हो । जनताले जितेको उत्सवको रुपमा यसलाई मनाउनु पर्दछ।’

प्रधानमन्त्री ओलीले नेपालमा २००७ सालभन्दा अघि देखि नै गणतन्त्रका लागि संघर्ष भएको बताए। ‘ कुनै एउटा आन्दोलनबाट मात्र नेपालमा गणतन्त्र आएको होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न समयका आन्दोलन र त्यागले गणतन्त्रको स्थापना भएको हो ।’

गणतन्त्रको स्थापनाले नेपालमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई बिस्थापित गरेको उनले बताए। कुनैबेला राजा बन्न पनि गणतान्त्रिक अभ्यास हुने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पछिका शासकलाई जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त ल्याएर गणतान्त्रिक मान्यता तोडेको बताए। ‘कुनै बेला लिगलिग कोटको राजा हुन पनि दौडमा जित्नु पथ्र्यो । यो कुराले त्यसबेला जन्मसिद्ध श्रेष्ठता थिएन भन्ने पुष्टि गर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘पछिका शासकमा जन्मसिद्ध श्रेष्ठता स्थापित गरेर जनताको अवमूल्यन गरे । गणतन्त्रले त्यस मान्यतालाई बिस्थापित ग¥यो ।’

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसका अवसरमा देशलाई अग्रगामी बाटो तर्फ लैजाने गरी बहस हुनु पर्ने बताए।।