काठमाडौं—नेपाल रेडक्रस सोसाइटी जिल्ला प्रशासन कार्यालय काठमाडौँविरुद्ध अदालत जाने भएको छ।
प्रशासनले आइतबारबाट निर्देशनात्मक पत्र जारी गर्दै सोमबारदेखि वैशाख २५ गतेसम्म सुनसरीमा आह्वान गरिएको महाधिवेशन रोक्न निर्देशन दिएको थियो।
रेडक्रसको सञ्चार विभागका निर्देशक दिव्यराज पौडेलका अनुसार उक्त पत्रका विरुद्ध कानूनी उपचारका लागि अदालत जाने निर्णय भएको छ।
महाधिवेशनका प्रतिनिधिको दर्तालगायत महाधिवेशनको सम्पूर्ण तयारी भइसकेको र निर्वाचनको समेत तयारी अन्तिम चरणमा पुगेको अवस्थामा आकस्मिक रूपमा सोही दिनको मितिको पत्र आइपुगी सबै प्रक्रिया स्थगित गर्नुपर्दा देशभरका रेडक्रसकर्मी मर्माहित भएका रेडक्रसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘संस्थालाई जीवन्त राख्न, नयाँ नेतृत्व चयन गर्न र विगत ५६ वर्षदेखि सञ्चालित रेडक्रसका मानवीय सेवालाई अझ उचाइमा लैजान बल पु¥याउने वैधानिक महाधिवेशन हठात रोकिनु आश्चर्यजनक छ, संस्थाको महत्वपूर्ण महाधिवेशन र निर्वाचन स्थगित गर्नका लागि निर्देशन जारी भएकाले संस्थाले अन्याय भएको महसुस गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।




प्रतिक्रिया