-महेश सिंह महतो
सिरहा – सिरहाको गोलवजार नगरपालिका स्थित रहेको लामा डाँडा सामुदायिक वन भित्र अबैध रुपमा सालको काठ काटि अबैध रुपमा घाटगद्दी गरिरहेको अवस्थामा वन कार्यालयले ट्रयाक्टर सहित काठ पक्राउ गरेको छ ।
सव डिभिजन वन कार्यालय गोलवजारबाट फेष्टर काशिन्द्र यादबको कमाण्डमा खटिएको गस्ती टोली उक्त साल जातको गोलिया बोकेको स.१त ७१७९ नं.को ट्रयाक्टर सहित पक्राउ गरी आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय सिरहा लहानमा बुझाएको छ ।
वन कार्यालयबाट विना ईजाजत अबैध रुपमा सालजातको सयौ रुख कटान गरी विक्री वितरण गरिदै आएको वन कर्मचारी काशिन्द्र यादबले बताए । लाँमा डाँडा सामुदायिक वनका अध्यक्ष आन्नद पाख्रिनले आफुखुसी झाडीसफाईको बाहानामा हरियो साल जातको रुख कटान गरी विक्री वितरण गरिरहको समेत उनले बताए ।
वन कार्यालयबाट कुनै किसिमको ईजाजत दिएको छैन सामुदायिक वनका अध्यक्ष तथा उपभोक्ता आफुखुशी साल जातको रुख कटान गरेको सूचना अधिकारी अमरेन्द्र प्रसाद यादबले बताए ।डिभिजन वन कार्यालयबाट नियन्त्रित रुखहरु संकलनको लागी लगतलिई पेश गर्ने पत्र पत्राचार भएको योजना शाखाका सहायक वन अधिकृत राज कुमार ठाकुरले बताए ।
डिभिजन वन कार्यालय सिरहा,लहानमा प्रदेश नं.२ का उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयका राज्य मन्त्री सुरेश मण्डलले पक्राउ परेका काठको स्थलगत निरिक्षण गरेका छन्। मन्त्री मण्डलले ऐन कानून विपरीत कार्य गर्नेलाई आवश्यक अनुसंधान गरी कारवाही पक्रिया अगाडी बढाउने बताए ।




प्रतिक्रिया