प्रधानमन्त्री ओलीको प्रष्टिकरण: ‘निम्छरो असंसदीय शब्द होइन’

प्रधानमन्त्री ओलीको प्रष्टिकरण: ‘निम्छरो असंसदीय शब्द होइन’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको बताएका छन्। ।एक वर्षको नीति कार्यक्रम भए पनि दूरगामी कार्यक्रम राखेर ल्याइएको प्रधानमन्त्रीको भनाइ छ ।

‘आगामी एक वर्ष, चार, पाँच र २५ वर्षसम्मको दूरगामी लक्ष्य राखेर ल्याइएको हो,’ वार्षिक नीति तथा कार्यक्रममा छलफलमा उठेका प्रश्नहरुको प्रतिनिधिसभामा  जवाफ दिंदै प्रधानमन्त्रीले भने, ‘अग्रगामी सोचसहित ल्याइएको हो ।’

प्रधानमन्त्रीले नीति तथा कार्यक्रमले सपनामात्र होइन संकल्प र अठोट पनि लिएको उल्लेख गरे।

 प्रधानमन्त्रीले लोकतन्त्रका संस्थाहरु, जनप्रतिनिधिको सम्मान बढाउने र अग्रगामी सोचसहित नीति तथा कार्यक्रम ल्याइएको उल्लेख गरे।

नीति तथा कार्यक्रममा विपक्षी दलले असावधानीवस शब्द प्रयोग गरेको प्रधानमन्त्रीको भनाइ छ । “आलोचनाको कुनै ठाउँ रहेनछ, सुन्दर निबन्धजस्तो छ भन्नुभयो एक मित्रले, यसमा धेरै केही भन्नु छैन नीति कार्यक्रम आलोचना रहेनछ, त्यही भएर निबन्ध भनेर टुंगो लगाइदिनुभएछ,” उनको भनाइ छ, “असावधानीसाथ शब्द प्रयोग गर्नुभएजस्तो लाग्छ, योजनाबद्ध छैन, खोक्रो छ भनेर । लामो हुन सक्छ, सविस्तार हुन सक्छ । तर, सबै पनि छ । केही पनि छैन भनेको के ?”

राष्ट्रियसभामा पनि सम्बोधन: निम्छरो असंसदीय शब्द होइन

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा पनि सम्बोधन गर्दै माननीयहरुलाई लोकतन्त्रप्रति चिन्ता व्यक्त नगर्न आग्रह गरे। ‘माइतिघर मण्डलामा दुबो माड्न पाइएन भने लोकतन्त्र सकियो भन्न मिल्दैन,’ उनले भने।

प्रधानमन्त्रीले तानाशाहीको हल्ला फैलाएर जनतामा नफैलाउन आग्रह गरे। ‘लोकतान्त्रिक पार्टीका नेताहरु राजा चाहियो भनेको देख्छु, कसैले एकदलिय भनेको सुन्छु, कुनैतर्फको तानाशाहीतर्फ जान सकिँदैन । लोकतन्त्रका लागि जीवन समर्पित गरेको छु । जुन चिजका लागि लडेर ल्याएका छौं ,’ उनले भने।

प्रतिनिधिसभामा निम्छरो शब्द प्रयोग गरेकोमा सांसदले राखेको जिज्ञासामा प्रधानमन्त्रीको प्रष्टिकरण थियो, ‘निम्छरो असंसदीय शब्द होइन ।’