काठमाडौं – प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पादमबहादुर राई निलम्बनमा परेका छन् । तत्कालीन माओवादीमा विकास उपनामले परिचित पूर्वआवास तथा भौतिक योजना राज्यमन्त्री राईलाई पार्टीको नीतिविपरित बोलेको भन्दै निलम्वन गरिएको हो।
विप्लवको नेकपानिकट स्रोतका अनुसार केही दिनअघि सरकारसँग वार्ता प्रक्रिया अघि बढिरहेको अभिव्यक्ति दिएपछि राईलाई निलम्वन गरिएको हो।शान्तिप्रक्रियापछि राई पहिलो संविधानसभामा भोजपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । नेता राई तत्कालीन माओवादीनिकट किराती राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् ।माओवादी विभाजनका समयमा राईको नेतृत्वमा भोजपुर, खोटाङ र संखुवासभाबाट ठूलो समूह उनीसँगै विप्लवतर्फ लागेको थियो ।
गत वर्ष भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा भोजपुरबाट चुनाव लडेका शेरधन राईमाथि बम हमला गरेको आरोप उनीमाथि लागेको थियो । प्रहरीले पक्राउ गरी मुद्दा चलाएपछि ६० हजार धरौटीमा रिहा भएका थिए ।




प्रतिक्रिया