प्रधानसेनापति थापा डिस्चार्ज हुंदै,यस्तो छ अस्पताल भर्ना हुनुको कारण

प्रधानसेनापति थापा डिस्चार्ज हुंदै,यस्तो छ अस्पताल भर्ना हुनुको कारण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि तिन दिनदेखी अस्पतालमा उपचाररत प्रधानसेनापति पूर्णचन्द्र थापा डिस्चार्ज हुने भएका छन् । उनी छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत थिए ।

छाउनीस्थित सैनिक अस्पतालमा स्टोनको माइनर अप्रेशन गराएका प्रधानसेनापति थापा आजै डिस्चार्ज हुने सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । उनले भने, ’माइनर अप्रेशन गर्नुपर्ने भएकाले सोमबार अस्पताल भर्ना भएका चिफसाव आज डिस्चार्ज हुनुहुँदैछ ।’

उपचाररत थापालाई भेट्न अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका थिए । उनले प्रधानसेनापति थापाको स्वास्थ्य अवस्थाको जानकारी लिएको पनि सैनिक प्रवक्ता पाण्डेले बताए ।