जम्बो टोलीसहित प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

जम्बो टोलीसहित प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया भ्रमणमा जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि बिहीबार दिउंसो प्रस्थान गर्दै छन् ।

दिउँसो ३ बजे नेपाल वायुसेवा निगमको जहाज चार्टड गरेर प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया जान लागेका हुन्। ओली चारदिन भियतनाम र तीन दिन कम्बोडियामा रहनेछन्।दुई देशको भ्रमण सकेर प्रधानमन्त्री ओली १ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

साउथ चाइना सी तटीय मुलुक भियतनामका प्रधानमन्त्री गुयन सुआन फुकको निमन्त्रणामा ओली औपचारिक भ्रमणमा त्यसतर्फ जान लागेका हुन्।प्रधानमन्त्री ओलीले २९ वैशाखमा भियतनाममा हुने अन्तर्रा्ष्ट्रिय सम्मेलनमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम छ। भियतनामको हनोइबाट प्रधानमन्त्री ओलीको भ्रमण दल ३० वैशाखमा कम्बोडियाको न्होमपेन जाने कार्यक्रम छ। भियतनाम महायान् बौद्धधर्मका अनुयायीहरुको तथा कम्बोडिया थेरवाद बुद्धधर्मका अनुयायीको बाहुल्य भएका मुलुक हुन्।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सङ्घीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत, स्थानीय तहका निर्वा्चित पदाधिकारी, नेपाली राजदूतावास बैंककका पदाधिकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधि एवं सञ्चारकर्मी रहने छन् । प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डल आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।