प्रेसर कुकर बमसहित एक जना पक्राउ

प्रेसर कुकर बमसहित एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके – बाँकेमा बिस्फोटक पदार्थ प्रेसर कुकर बमसहित एक जना पक्राउ परेका छन् ।

जानकी गाउँपालिका–६ गानापुरबाट कालिकोट रास्कोट नगरपालिका–६ बस्ने ४२ वर्षीय भरत बहादुर बम र ३० वर्षीय सत्य बहादुर शाहीलाई बिस्फोटक पदार्थ प्रेसर कुकर बम १ थान, सोमा प्रयोग हुने फ्युज, तार र ब्याट्री सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई जाचँ गर्ने क्रममा उक्त बिस्फोटक पर्दाथ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।