काठमाडौं – प्रहरीले मकवानपुरबाट डेढ किलो भन्दा बढी सुनसहित एक जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्च जाँदै गरेको बसमा सुन लिएर हिडेका भोजपुर घर भएका २९ वर्षीय लवगुन विकलाई हेटौंडाको रातमाटेबाट प्रहरीले पक्राउ गरेको हो । ना ८ ख ३७९३ नम्बरको बस जाँच गर्दा १ किला ६ सय ४९ ग्राम ८ सय ९० मिलिग्राम सुन फेला परेको हो ।
विकले जुत्ताको भित्र र र पाईन्टको खल्तीमा सुन लुकाएर ल्याएको प्रहरीले जनाएको छ । बरामद सुनको मूल्य ८५ लाख ८६ हजार २६ रुपैयाँको रहेको प्रहरीले बताएको छ । पक्राउ परेको सुन र कारोबारमा संलग्न रहेका बिकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाइने प्रहरीले जनाएको छ




प्रतिक्रिया