काठमाडौंको सुन्दरता बढाउने ज्याकारान्डा (फोटो फिचर)

काठमाडौंको सुन्दरता बढाउने ज्याकारान्डा (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – गर्मी बढेसँगै बोटबिरुवाहरुको पालुवा र मुना पलाउँदै फूलहरु फूल्न थालेका छन् । विस्तारै गर्मी बढ्दैछ । धुलो, धुवाँ, जाम, अस्तव्यस्तता र कोलाहलको काठमाडौँ सहरमा ज्याकारान्डा फूलले सुन्दरता थपिदिएको छ ।

बाटो छेउछाउमा फूलेका बैजनी रंगका सुन्दर फूलले यतिबेला काठमाडौं सहर मनमोहक भएको छ । सहिदगेट, टुँडिखेल, रत्नपार्क, दरबारमार्ग लगायतका स्थानमा बैजनी रंगको फुलिरहेको फूल हेर्दा जोकोहीको मन लोभिन्छ । यो ज्याकारान्डाको विरुवा विदेशबाट ल्याइएको हो ।

धेरैले यो फूललाई शिरिषको फूल भन्छन् । तर यो फूलको असली नाम ज्याकारान्डा हो । विग्नोनेसिया परिवारमा पर्ने यो फूल कडा र ठूला हुने रुखमा फूल्छन् । यो फूल ४९ प्रजाति भन्दा धेरै रहेको छ ।

वसन्त ऋतृको आगमनसँगै यतिबेला काठमाडौँ उपत्यका तथा बाहिर ‘ज्याकारान्डा’ फूल फुलेको देख्न सकिन्छ । बाटो छेउछाउमा फूलेका बैजनी रंगका सुन्दर फूलले यतिबेला यो सहरको इज्जत धानिदिएको छ, जसका कारण सहरमा यौवन फर्केको महसुस हुन्छ। दिनभरीको भागदौडले मानिसलाई थकित बनाएपनि ज्याकारान्डा फूलेको दृश्यले केही हदसम्म भएपनि उनीहरुको मुहारमा मुस्कान छर्ने काम गरेको छ।