निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल भारत सीमा तीनदिन बन्द हुने

निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै नेपाल भारत सीमा तीनदिन बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलबस्तु – नेपाल भारत सीमा नाका तीनदिन बन्द गरिने भएको छ । छिमेकी देश भारतको उत्तर प्रदेश राज्यको सिद्धार्थनगरमा हुने निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सीमा नाका बन्द गर्न लागिएको हो ।

सीमा शुक्रबार साँझ ७ बजेदेखि आईतबार साँझ ५ बजेसम्म बन्द गरिने सहायक प्रमुख रामेश्वर अधिकारीले जानकारी दिए । ‘दुई देशका अधिकारीबीच भएको सहमति अनुसार नाका बन्द गर्न लागिएको हो’, अधिकारीले भने, ‘नाका बन्द हुँदा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुबै देशका सुरक्षाकर्मीको समन्यय गरी आवतजावत गर्ने बाहेक अन्य ओसारपसार आवतजावत बन्द गरिनेछ ।’

नाकामा कुनैपनि अबैध गतिविधि हुन नदिन सीमा सुरक्षा कडा पारिने शसस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक दिपक अधिकारीले बताए ।