मन्त्रिपरिषद् बैठकको निर्णय :अमेरिकाका लागि राजदूत कार्कीको म्याद थप

मन्त्रिपरिषद् बैठकको निर्णय :अमेरिकाका लागि राजदूत कार्कीको म्याद थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको कार्यावधि थप गरिएको छ। अर्को व्यवस्था नभएसम्मका लागि उनको कार्यावधि थप गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन्।

कार्की पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको कोटाबाट अमेरिकाका राजदूत नियुक्त भएका थिए। गत फागुनमा अमेरिकाका लागि राजदूत कार्की र चीनका लागि राजदूत लीलामणि पौडेललाई मन्त्रीसरहको सुविधा दिने निर्णय गरेको थियो।