खुकुरी प्रहार गरि बुहारीको हत्या गर्ने जेठाजु पक्राउ

खुकुरी प्रहार गरि बुहारीको हत्या गर्ने जेठाजु पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरमा बुहारीको हत्या आरोपमा जेठाजु पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने २५ वर्षीया अञ्जना लामा महतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मृतकका आफ्नै जेठाजु ३५ वर्षीय उज्वल महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उज्वलले धारिलो हतियार खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उज्वललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।