प्रचण्ड-सीताले यसरी गरे दोस्रो पटक विवाह

प्रचण्ड-सीताले यसरी गरे दोस्रो पटक विवाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनक पत्नी सीता दाहालले ५० औं वर्षगाठको अवसरमा पुनः विवाह गरेका छन्।

बिहीबार पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उनीहरुले विवाह गरेको ५० वर्ष पुगेको अवसरमा पुनः विवाह गरे।

प्रचण्ड र सीता फेरि दुलहादुलही बनेका र उनीहरुले दुबोको माला पनि पहिरिएका थिए। पछि उनीहरूले एकअर्कालाई विवाहको माला पहिराइदिएका थिए। दाहाल दम्पत्तिले केक काटेर एकअर्कालाई खुवाएका थिए। सो क्रममा मालश्री धुन पनि बजाइएको थियो।

दाहाल दम्पत्तिको सहयात्राको ५० वर्ष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित सरकारका मन्त्रीहरू सहभागी थिए। सहभागीहरूले दाहाल दम्पत्ति पुष्पगुच्छासहित बधाई दिएका थिए।

छोरीहरू रेणु र गंगाले आमाबुवाको विवाहोत्सव कार्यक्रम आयोजना गरेका हुन्। कास्की ढिकुरपोखरीका दाहालले छिमेकी गाउँ हेङ्जाकी सीतासँग १५ वर्षको उमेरमा २०२६ सालमा मागी विवाह गरेका थिए।