पूर्वासांसद शाह प्रहरी हिरासतमै बिरामी, पाटन हस्पिटल भर्ना

पूर्वासांसद शाह प्रहरी हिरासतमै बिरामी, पाटन हस्पिटल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं – पूर्वसभासद् गायत्री साह अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । गत आइतबार अस्पतालमा शिशु छाडेको र हो-हल्ला गरेको आरोपमा पक्राउ परेकी साहलाई महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा राखिएको थियो । साहलाई शुक्रबार (आज)बिहान पाटन हस्पिटलको अकश्मिक कक्षमा भर्ना गरिएको छ ।

बच्चा जन्माएर अस्पतालमै छाडेको आरोपमा पूर्व सभासद् साह र उनका पति राजेश महतोलाई मेडिसिटी अस्पतालबाट पक्राउ गरी सातदोबाटो प्रहरी हिरासतमा राखिएको थियो । ललितपुरस्थित मेडिसिटी अस्तालले दिएका उजुरीका आधारमा सन्तान जन्माएर अस्पतालमै छोड्नु गैरकानुनी भएको भन्दै साह दम्पतिलाई पक्राउ गरिएको थियो ।

हिरासतमा राखेदेखि नै साह दम्पति आमरण अनशन बस्दै आएका छन् । साहको शरीरमा ग्लुकोजको मात्रा कम भएको र प्रेसर घटेको पारिवारिक श्रोतले बतायो ।

चिकित्सकको लापरवाहीका कारण ‘डाउन सिण्ड्रोम’ भएको नवजात शिशु जन्मिएको भन्दै साह दम्पती विरोध र धर्नामा उत्रेका थिए । साहले गत चैत्र गुन २८ गते मेडिसिटी अस्तपालमा छोरा जन्माएकी थिइन् ।