सर्लाही – अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम र गाँजा च्याप्ने काठको फर्मा (कम्प्रेस मेसिन) रेन्ची र फलामको मेसिन (जग) सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका–१४ गंगटे बस्ने ३३ वर्षीय सानो कान्छा योन्जन र पर्सा, पर्सागढी नगरपालिका–९ मनवा बजार घर बताउने ३४ वर्षीय प्रगन सहनी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र ईलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका–१४ बाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुले लालबन्दी नगरपालिका–१४ गंगटेमा कारखाना संचालन गरी कच्चा हरियो गाँजालाई प्रशोधन गरी भारतीय तथा स्थानीय ग्राहकहरुलाई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया