छुरा प्रहार गर्ने २ जना पक्राउ

छुरा प्रहार गर्ने २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा – प्रहरीले सिराहाको लहानबाट छुरा प्रहार गर्ने दुई जना पक्राउ गरेको छ ।

लहान नगरपालिका–८ मा डेरा गरी बस्ने जनकपुर नगरपालिका–२१ घर भएका २१ बर्षीय राजु कुमार साहलाई छुरा प्रहार गरेको अभियोगमा प्रहरीले २ जनालाई बिहीबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा लहान नगरपालिका–८ का २० बर्षीय राजवावु पासवान र सोही स्थानका १९ बर्षीय दिपेश यादव रहेका छन् ।

क्रिकेट खेल्ने क्रममा पुरानो रिसिविको कारण बादबिवाद हुँदा लहान नगरपालिका–७ शिव चोकमा राजु कुमारलाई उनीहरुले छुरा प्रहार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनीहरु दुबै जनालाई पक्राउ गरेको हो ।

छुरा प्रहारबाट घाइते भएका राजुको राउ स्मारक अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।