काठमाण्डौं – ललितपुर प्रहरीले एक व्यक्तिलाई अपहरण गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर, ललितपुरको टोलीले अपहरण भएका इमाडोलका कृष्ण चौडेललाई उद्दार गरी संलग्नलाई पक्राउ गरेको हो ।
महाशाखाका एसपी केदार ढकालका अनुसार पक्राउ पर्नेमा अमिना भुजेल छिन् । भुजेल र चौडेलबीच आर्थिक लेनदेनको विवाद रहेको बताइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया