सरकार विकास बजेट खर्च गर्न नसकेर सङ्घीयतालाई असफल बनाउन लागिरहेको छ :प्रकाशमान सिंह

सरकार विकास बजेट खर्च गर्न नसकेर सङ्घीयतालाई असफल बनाउन लागिरहेको छ :प्रकाशमान सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले शनिबार काठमाडौंमा आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा उनले समृद्धिको नारा लगाएको सरकारले सुशासन दिन नसकेको बताएका हुन् ।

“सरकार विकास बजेट खर्च गर्न नसकेर सङ्घीयतालाई असफल बनाउन लागिरहेको छ”, उनले भने । पूर्व उपप्रधानमन्त्री सिंहले वर्तमान सरकारले संसद्को मर्यादालाई पालना गर्न नसकेको आरोपसमेत लगाए ।

उनले नेपाली जनतालाई अधिकार दिलाउन काङ्ग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए । नेता सिंहले पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिष्ट प्रधानमन्त्री बन्दासमेत मुलुकमा संविधान निर्माण गर्न नसकेको भन्दै कांग्रेस पार्टीले मात्र मुलुकको विकास गर्ने उल्लेख गरे ।