काठमाडौं – काठमाडौं महानगरपालिका– १ मैत्रीनगर डेरा गरी बस्ने पर्सा, बीरगंज घर भएका ३० वर्षीय श्याम कुमार बिकको किराना पसलमा जुवातास खेलिरहेका चन्द्रागिरी नगरपालिका– १५ का ४१ वर्षीय नवराज विश्वकर्मा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेका छ ।
उनीहरुलाई ३ बुक तास र नगद ११ हजार ६० रुपैयाँसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौ महानगरपालिका–९ सिनामंगलस्थित लोक बहादुर प्रधानको फर्निचर उद्योगमा जुवातास खेलिरहेका कागेश्वरी मनहरा–७ बस्ने ५७ वर्षीय शिव थापासहित ९ जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई ७ बुक तास र नगद १ लाख १ हजार ३ सय ५० रुपैयाँसहित शनिबार साँझ पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशाला र बानेश्वरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया