नुवाकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

नुवाकोटमा चट्याङ लागेर एक जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट – नुवाकोटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मेघाङ गाउँपालिका–४ डिगाँउ बस्ने ६८ वर्षीय निङ तामाङको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको हो ।

घरमै बसिरहेको अवस्थामा चट्याङ पर्दा उनको घट्नास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।