भैरहवा विमानस्थलको काम फेरि रोकियो

भैरहवा विमानस्थलको काम फेरि रोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं – सरकारको लापरवाहीका कारण अन्तिम चरणमा पुगेको भैरहवा अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम फेरि ठप्प भएको छ ।

काम गरेको रकम भुक्तानी नपाएको भन्दै चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट युनाइटेड कम्पनीले आइतबार बिहानदेखि काम ठप्प पारेको नेपाल नागरिक उडड्नयन प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

भैरहवा अन्तर्रा्ष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजना मध्यै सबैभन्दा राम्रो प्रगति भएको आयोजना हो । विमानस्थलमा अब जम्मा ५ सय मिटर धावनमार्ग पिच गर्न बाँकी रहेको छ । यस्तो अवस्थामा भुक्तानी रोकिएर काम ठप्प हुँदा ठूलो असर पर्ने आयोजनाले जनाएको छ ।

रन वे, ट्याक्सी वे, पार्किङ, एप्रोन लगायतका संरचनाको काम पनि ७० प्रतिशतको हाराहारीमा सकिएको छ । यहि जुन महिनामा काम सकेर सेप्टम्बरमा परीक्षण उडान गर्ने तयारी भएपनि बेलैमा काम नसकिने भएकाले सन् २०१९ भित्र भैरहवा विमानस्थल चलाउने नेपाल नागरिक उडड्यन प्राधिकरणको तयारी छ ।