त्रिभुवन विमानस्थलबाट फेरि सुन बरामद, एक जना पक्राउ

त्रिभुवन विमानस्थलबाट फेरि सुन बरामद, एक जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

वैशाख २८ गते आबुधाबीबाट विमानस्थल अवतरण गरेको ओमन एयरको फ्लाइट नं. डब्लुवाइ ०३३७ बाट आएका यात्रु सागर दराईलाई सुनको दुई थान बालासहित पक्राउ गरेको हो ।

उनलाई विमानस्थलको पार्किङ क्षेत्रबाट प्रहरीले चेकजाँच गर्दा भन्सार छली ल्याएको सुनसहित पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी नियन्त्रण गर्न सरकारले एक वर्ष अघि उच्चस्तरीय टोली बनाएर छानबिन गरेको थियो । ७० भन्दा बढी व्यक्ति सो छानबिनमा पक्राउ परेका थिए। तर त्यसपछि पनि विमानस्थलमा हुने सुन तस्करी रोकिएको छैन ।