१५ वर्षीया युवतीको घाँटी रेटेर विभत्स हत्या

१५ वर्षीया युवतीको घाँटी रेटेर विभत्स हत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर – पाँचथरको हिलहाङ गाउँपालिकामा एक युवतीको घाँटी रेटेर विभत्स हत्या भएको छ । आइतबार बेलुकी वडा नम्बर ४ पञ्चमीकी १५ वर्षीया शीतल योङहाङको हत्या भएको प्रहरीले जनाएको छ ।

शीतलको शव घाँटी रेटिएको अवस्थामा सडकमुनि फेला परेको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले जानकारी दिए ।

दिउँसो साढे ४ बजे घरबाट निस्केकी उनको हत्या गरिएको अवस्थामा शव बेलुकी ७ बजे स्थानीयले देखिपछि प्रहरीलाई खबर गरेका थिए । हत्या कसले र किन गर्यो भन्ने खुलेको छैन ।

हत्या भएको स्थानबाट एउटा मोबाइल फेला परेको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए । किशोरीको शव पोस्टमार्टका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ ।