अवैध लागूऔषधसहित २ जना पक्राउ

अवैध लागूऔषधसहित २ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन् । प्रहरीले चाबहिलबाट करिब ८ ग्रामसहित २ जनालाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाण्डु कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने खोटाङ घर भएका २६ वर्षीय सुरेश राई र काठमाण्डु बालुवाटार बस्ने ३० वर्षीय बबिन राई रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।