प्रतिबन्धित भारतीय १६ लाखसहित ठमेलबाट पाँच जना पक्राउ

प्रतिबन्धित भारतीय १६ लाखसहित ठमेलबाट पाँच जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिबन्धित भारतीय १६ लाख रुपैयाँ सहित ५ जना पक्राउ परेका छन्। ५ सय र १ हजार दरका १६ लाख बराबरका नोट सहित महानगरीय प्रहरी परिसर, काठमाडौंले विशेष सूचनाका आधारमा ठमेलको होटल ब्लू मोहनबाट उनीहरुलाई पक्राउ गरेको हो ।

व्लु मुन होटलबाट पक्राउ पर्नेमा शम्भु परियार, सन्तोष थापा मगर, राजेन्द्र घिसिङ, धनध्वज तामाङ र रामविक्रम खड्का पक्राउ परेका छन्।  उनीहरुलाई विशेष सूचनाको आधारमा गए राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए।

पक्राउ पाँचै जनालाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ। भारतमा प्रतिवन्ध लगाइएका ५ सय र १ हजारका नोट उनीहरुले के कारणले ल्याए भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले बतायो।