अध्यक्ष प्रचण्ड भन्छन् -चीनको रेल अब सपना रहेन

अध्यक्ष प्रचण्ड भन्छन् -चीनको रेल अब सपना रहेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनबाट नेपालमा रेल आउने कुरा अब सपनाको विषय नरहेको बताएका छन् । सोमबार काठमाडौंमा विभूति सीता जन्मजयन्तीको अवसर पारेर उक्त कार्यक्रममा बोल्दै प्रचण्डले हामी जीवित रहँदारहँदै काठमाडौंमा रेल ल्याउने कामको सुरुवात भइसकेको बताए । उनले त्यसलाई लुम्बिनीसम्म लैजाने योजना तय गरिएको पनि बताए ।

उनले चीनको ल्हासा हुँदै काठमाडाैं र काठमाडौंबाट लुम्बिनीसम्म रेल सञ्चालन गर्न सके त्यो मुलुकको अर्थतन्त्र र पर्यटन विकासको क्षेत्रमा कोशेढुंगा सावित हुने पनि स्पष्ट पारे । अध्यक्ष प्रचण्डले लुम्विनी–पशुपति–जनकपुरलाई जोडने एउटा सर्किट देशभित्रै बन्न जरुरी रहेको पनि बताए । उनले नेपाल र भारत दुवै मुलुकको शक्तिपीठहरुलाई मिलाएर एउटै शक्तिपीठ सर्किट बनाएर दुवै मुलुकको धार्मिक पर्यटनको क्षेत्रमा क्रान्ति ल्याउने कामलाई अघि बढाइएको पनि बताए ।

‘दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि ल्याउने गरी दुवै देशका शक्ति पीठहरुलाई जोडेर एउटै शक्ति पीठ सर्किट बनाउने योजनाका साथ दुवै देशका विद्धानहरुलाई सम्भाव्यता अध्ययन गर्ने कामको जिम्मेवारी दिइएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘यसलाई सम्भव बनाउन सके नेपालको धार्मिक पर्यटन क्षेत्रको विकासमा एउटा क्रान्ति नै आउने र दुवै मुलुकका जनताको आर्थिक जीवनमा गुणात्मक ढंगले समृद्धि छाउनेछ ।’

अध्यक्ष प्रचण्डले आफूले पछिल्लो पटक भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शक्तिपीठ सर्किट निर्माणको विषयलाई जोड दिएर छलफल गरेको पनि स्मरण गराए ।