कस्तुरीको बीनासहित तीन जना सीआईबीको फन्दामा

कस्तुरीको बीनासहित तीन जना सीआईबीको फन्दामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं— काठमाडौं महानगरपालिका—२६ भगवानबहालबाट संरक्षित वन्यजन्तु कस्तुरीको बीनासहित तीन जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले एउटा बीनासहित स्याङजा भिरकोट गाउँपालिका—३ का ३८ वर्षीय चित्रबहदुर थापा, संखुवासभा मकालु गाउँपालिका—३ का ३८ वर्षीय ईन्द्र कुमार राई र संखुवासभा मकालु गाउँपालिका—३ का २८ वर्षीय सन्देश अछामेलाई पक्राउ गरेको हो।

उक्त स्थानमा संरक्षित वन्यजन्तुको कस्तुरीको बीनाको अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचना प्राप्त हुनासाथ उक्त ब्यूरोबाट प्रहरी टोली खटिएको थियो ।

पक्राउ तीनै जनालाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाइएको सो ब्यूरोले जनाएको छ ।