रुकुम – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ रुकुम पूर्वका जिल्ला इन्चार्ज पक्राउ परेका छन् । जिल्ला इन्चार्ज कर्णबहादुर नकाल ‘शिविर’ रुकुम पश्चिमबाट पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले गएराति जिल्लाको सानीभेरी गाउँपालिका ३ गरायलाबाट सोही ठाउँमा बस्ने उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले नकाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
नेकपा प्रतिबन्दमा परेपछि जिल्लामा नेकपाका नेता, कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् । विप्लव नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल रुकुम पश्चिमका जिल्ला अध्यक्ष पक्राउ परेको एक साता नबित्दै प्रहरीले पार्टीका जिल्ला इन्चार्जलाई नै पक्राउ गरेको हो ।




प्रतिक्रिया