उपेन्द्रको अन्तर्वार्तापछि पत्रकार पाण्डेलाई कसले दियो ज्यान मार्ने धम्की ?

उपेन्द्रको अन्तर्वार्तापछि पत्रकार पाण्डेलाई कसले दियो ज्यान मार्ने धम्की ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एभिन्यूज टेलिभिजनका पत्रकारलाई ज्यान मार्ने दिएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आइतबार एभिन्यूज टेलिभिजनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पत्रकार सुशील पाण्डेद्वारा लिइएको अन्तर्वार्तालाई लिएर ज्यान मार्ने धम्कीका साथै एभिन्यूजनको वीरगञ्ज कार्यालयमा भएको तोडफोडको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एभिन्यूज टेलिभिजनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पत्रकार सुशील पाण्डेद्वारा लिइएको अन्तर्वार्तालाई लिएर पत्रकार पाण्डेलाई विष्णुजंग बस्नेत नामका व्यक्तिले ९८५१००५१८० नम्बरको मोबाइलबाट फोन गरी ज्यान मार्ने धम्की दिएका थिए भने सोही विषयलाई लिएर समाजवादी पार्टी नेपालका कार्यकर्ताहरूले एभिन्यूज टेलिभिजनको वीरगञ्ज कार्यालयमा आक्रमण र तोडफोड गरेका थिए ।’

समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिनु र सञ्चारगृह तोडफोड गरिनु प्रेस स्वतन्त्रताविरोधी कार्य भएको भन्दै महासंघले प्रेस विरोधी यस्ता कार्यको कडा शब्दमा भर्त्सना गरेको जनाएको छ । दुवै घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न र पत्रकार र सञ्चारगृहको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग महासंघले माग गरेको छ । साथै महासंघले सञ्चारकर्मीहरूलाई पनि समाचार सामग्री संप्रेषण गर्दा आचारसंहिताको पालना गर्न र मर्या्िदत रहन आग्रह गरेको छ ।