जनकपुर – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचार संस्थागत हुँदै गएको बताएका छन् ।
मंगलबार उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा भएको ‘प्रशासकीय न्याय, सकारात्मक सोच र सेवा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई जनकपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार मौलाउँदै गएको टिप्पण्णी गरेका हुन् ।
उनले सेवाग्राहीले झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने प्रवृत्ति बढेको भन्दै यसले सेवा प्रवाहको प्रक्रिया जनमुखी र व्यवहारिक हुन नसकेको बताए ।
मुख्यमन्त्री राउतले भ्रष्टाचारको अन्त्यको शुरुवात आफूबाटै हुनुपर्ने पनि बताए ।




प्रतिक्रिया