शुरु भयो सगरमाथा आरोहण, ८ नेपाली चुचुरोमा


काठमाडौँ— वसन्त ऋतुको यस वर्षको हिमाल आरोहण शुरु भएको छ। ८ शेर्पा आरोहीले मंगलबार दिउँसो सगरमाथाको चुचुरोमा डोरी टाँगेका हुन्। योसँगै सगरमाथा आरोहणको ढोका खुलेको पर्यटन विभागले जनाएको छ।

दोलखाका सिद्धबहादुर तामाङ नेतृत्वमा संखुवासभाका पासदावा शेर्पा, दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, साङबु भोटे, आङ फुर्वा शेर्पा चुचुरोमा पुगेका हुन्। यसैगर, सोलुखुम्बुको खुम्जुङका दोर्जी ग्यालजेन शेर्पा र पासाङ दावा शेर्पा सगरमाथाको चुचुरोमा बाटो बनाउँदै पुगेका छन्।

गएको वर्ष पनि आजैका दिन अर्थात वैशाख ३१ गतेदेखि सगरमाथा आरोहण सुरु भएको थियो ।

विभागका अनुसार सगरमाथा आरोहणका लागि ४१ आरोही समूहका ३७८ आरोही गन्तव्यतर्फ गएका छन् । यसमा ३५ विदेशी र छ नेपाली आरोही समूह छन् । सगरमाथासहितका हिमाल आरोहणका लागि यस याममा १०६ आरोही समूहका ८४२ आरोहीले आरोहण अनुमति लिएका छन् ।

सगरमाथासहितका २८ हिमाल आरोहणका लागि नेपालसहित ४८ देशका आरोही हिमाल आरोहणमा निक्लिएका छन्

प्रतिक्रिया दिनुहोस
Advertisement