एनआईसी एसिया बैंक र स्पार्क हेल्थ होम प्रालिबीच सम्झौता

एनआईसी एसिया बैंक र स्पार्क हेल्थ होम प्रालिबीच सम्झौता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम प्रालिबीच सेवासुविधामा १० प्रतिशतसम्मको छुट दिने सम्झौता भएको छ। यस्तो सेवा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा पाउनेछन्। दुई संस्थाबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ।

बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थ होमको तर्फबाट स्पार्क हेल्थ होमका कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गरेका छन्।

मुलुकभर बैंकका २ सय ८३ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ्ग इकाइ रहेका छन्।