बिष्टको घाँटीबाट दुई तोलाको सिक्री लुटियो

बिष्टको घाँटीबाट दुई तोलाको सिक्री लुटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा एक बृद्ध महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको छ ।

बुढानिलकण्ठ नगरपालिका–९ निलोपुल बस्ने ७४ वर्षीया उषा बिष्टको साथबाट करिब दुई तोलाको सुनको सिक्री मंगलबार साँझ लुटपाट भएको छ ।

निलो पुलस्थित तरकारी बजारमा तरकारी किनिरहेकी बिष्टले घाँटीमा लगाएको सिक्री नम्बर नखुलेको स्कुटरमा सवार २ जना अपरिचित ब्यक्तिले लुटी फरार भएको बताइएको छ ।

लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।