समाजवादी पार्टी निकट अन्तर्राष्ट्रिय नेपाली समाज भारतमा नयाँ कार्यसमिति गठन

समाजवादी पार्टी निकट अन्तर्राष्ट्रिय नेपाली समाज भारतमा नयाँ कार्यसमिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्रा्ष्ट्रिय नेपाली समाज भारत गुजारा राज्य भेलाबाट नयाँ समिति गठन भएको छ । संगठनका वरिष्ठ सदस्य राकेश खत्रीको अध्यक्षता र अन्तरराष्ट्रिय नेपाली समाज भारतका अध्यक्ष प्रकाश नेपालीको प्रमुख अतिथि र राजु सोनि, आलोक आउजी, दिपक आउजी, रमेश चौधरीको विषेश उपस्थितिमा सो समिति गठन भएको हो ।

साथै सो भेलाले जनक आउजीको नेतृत्वमा २७, सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । जसमा नयाँ कार्यसमिति चयन भएकाहरुमा अध्यक्ष जनक आउजी, उपाध्यक्षहरु, रमेश चौधरी, राकेश तिखात्रि, टेक बहादुर पुन मगर सचिबमा, राजु सोनि, सहसचिव लोकेन्द्र खत्री, कोषाध्यक्ष, आलोक आउजी, सदस्यहरु, दिपक साउद, करण खत्री, दिर्घ परियार, प्रकाश तिखात्रि, तिलक खडका, बिनोद बुढा, रमेश भुसाल, एकेन्द्र कटवाल, दिपक आउजी, कृष्ण नेपाली, रतन तिखात्री, कैलाश तिखात्रि, मेहेश आउजी, बिमल दहित, धनवीर परियार, चक्र बहादुर पुन मगर, चिन्दु परियार, राज रिमाल रहेका छन् ।

साथै नव गठित अध्यक्ष जनक आउजी परिवर्तन र मुक्तिको लागि देश भित्र र बाहिर सधैं आवाज उठाइराख्ने प्रतिबद्धता जनाए ।

अर्का प्रमुख अतिथि भारतका अध्यक्ष प्रकाश नेपालीले देश विकास र समृद्धिकोलागि गुजाराका प्रवासी नेपाली दाजुभाइ दिदिबहिनीहरुको महत्त्वपूर्ण भुमिका रहने बताए ।