सिलीगुडीबाट २४ किलो सुनसहित ६ जना पक्राउ

सिलीगुडीबाट २४ किलो सुनसहित ६ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काँकडभिट्टा – भारतको पश्चिम बंगालस्थित सिलीगुडीबाट २४ किलो सुनसहित ६ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । म्यानमारको मोरे बोर्डरबाट भारत भित्र्याइएको सुन भारतको मणिपुरदेखि गुहाटी, कुचिविहार, जलपाईगुढीहुँदै सोमबार राति सिलीगुड़ी ल्याइएको सुन बरामद गरेको भारतीय प्रहरीले जनाएको छ।

उक्त सुन भारतीय भुमी हुँदै नेपाल ल्याउन खोजेको हुनसक्ने भारतको डाइरेक्टर अफ रिवेन्यू इन्टलेजिन्स (डीआरआई) को टोलीले आशंका गरेको छ। नेपालको काकँडभिट्टा बोर्डरदेखि सिलीगुडीको दूरी २८ किलोमिटर मात्र रहेको र भारतको मुख्य सहरमा बिक्री नगरी सिलीगुडीसम्म सुन ल्याइपुर्‍याएकाले नेपालतर्फ लैजान लागेको होकी भन्ने डीआरआईको आशंका छ।

सुनसहित पक्राउ पर्नेमा भारत मणिपुर इम्फाल निवासी २२ वर्षीय मोहम्मद नुमन, सोही ठाउँका २४ वर्षीय मोहम्मद लुकमान, २९ वर्षीय हफीज मिसबाहुद्दीन, ४१ वर्षीय मोहम्मद जमील अहमद, २७ वर्षीय मोहम्मद दाउद अहमद र २८ वर्षीय मोहम्मद वसीम खान रहेको पश्चिम बंगाल पुलिसले जानकारी दियो। यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।