खुल्ने भयो १७ जेठबाट तातोपानी नाका

खुल्ने भयो १७ जेठबाट तातोपानी नाका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – १२ वैशाख ०७२ को भूकम्प र भोटेकोसीमा आएको वाढीले क्षतिग्रस्त भएको मितेरी पुल पुनर्निर्माणको काम अन्तिम चणमा पुगेको छ। तातोपानीको लिपिङस्थित मितेरी पुलको उद्घाटनसँगै १७ जेठबाट तातोपानी नाका सञ्चालनमा आउने भएको हो ।  चिनियाँ कम्पनीले अहिले पुल निर्माणको काम गरिरहेको छ।

पुल निर्माणमा दैनिक करिब पाँच सय मजदुर खटिँदै आएका छन्। चीनको तियानसुन रोड एन्ड ब्रिज कम्पनीले १० जेठमा निर्माण सकेर चिनियाँ सरकारलाई पुल हस्तान्तरण गर्ने तयारी गरेको छ।

१७ जेठमा मितेरी पुलको उद्घाटन हुने र सोही दिनबाट तातोपानी नाका सञ्चालनमा आउने कोदारी अध्यागमन कार्यालयका प्रमुख रामहरि काफ्लेले जानकारी दिए। चार वर्षदेखि बन्द रहेको तातोपानी नाका सञ्चालनमा आउने भएपछि अहिले त्यस क्षेत्रमा व्यापारिक चहलपहल पनि बढ्न थालेको छ। १७ जेठबाटै एकदिने अनुमतिको आधारमा मितेरी पुलबाट आउजाउ गर्न दिने तयारी गरिएको काफ्लेले बताए।