कनकाई पुलमा बम राख्ने ५ जना पक्राउ

कनकाई पुलमा बम राख्ने ५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – प्रहरीले कनकाई पुलमा बम राखेको आरोपमा झापा र सुनसरीबाट पाँच जनालाई पक्राउ गरेको छ ।

बम राखेर आतंक सृजना गरेको भन्दै प्रहरीले इटहरी र झापाका बिभिन्न ठाउँबाट पाँच जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए । अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिको नाम भने गोप्य राखिएकोे प्रहरीले जनाएको छ ।